उदयपुर –  ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


कटारी नगरपालिका५ खैरेनी बस्ने ३२ वर्षीय राकेश अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


ती महिलालाई उनकै घरभित्र कोही नभएको अवस्थामा अधिकारीले जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

अधिकारी सोमबार जबरजस्ती करणी गरी फरार भएको  भन्ने खबर प्रहरीलाई प्राप्त भएपछि उनको खोजतलास गरिएको हो ।  ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।