काठमाण्डौं-हुन्डी कारोबारमा सक्रिय विराटनगरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


लामो समयदेखि हुन्डी कारोबार गर्दै आएका अनुप सेठिया र उनका भतिजा ललित सेठियालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


घरैबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७५ लाख रुपैयाँसमेत बरामद गरेको छ ।

आज म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।