ललितपुर- पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा कांग्रेस र शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


जन्मजयन्तीमा भट्टराई निवास ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको आश्रम भने सुनसान रह्यो । कोरोना महामारीपछि बाँडेगाउँमा कुनै कार्यक्रमको आयोजना गरिएको छैन । यस बर्ष ललितपुरको सातदोवाटोदेखि बाँडेगाउसम्मको सडकको जिर्ण अवस्था र कोरोना जोखिमका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइएको छ । बाँडेगाउँमा भट्टराईको पूर्णकदको शालिक समेत रहेको छ ।


ADVERTISEMENT

# # #


किशुनजीका नामले परिचित सन्त नेता भट्टराई राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए । उनले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

माओवादीसँग १२ बुँदे समझदारी गरेर कांग्रेसले राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रमा गएको भन्दै रुष्ट बनेका पूर्व प्रधानमन्त्री भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस परित्यागको घोषणा गरेका थिए । सन् १९२४ पुष ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको विक्रम सम्वत् २०६७ साल फागुन २० गते निधन भएको थियो ।