काठमाडौँ – नायिका वर्षा शिवाकोटीले एपी वान टेलिभिजनमा प्रशारण हुने कार्यक्रम रजतपटका प्रस्तोता प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छन् । वर्षाले व्यक्तिगत कुरा निकालेर कार्यक्रममा घोचपेच गरेको भन्दै चलचित्र विकास बोर्डमा उजुरी दिएकी हुन् ।


ADVERTISEMENT


उनले सुवेदीलाई आवश्यक कारवाही माग गर्दै प्रेस काउन्सिलमा समेत उजुरी दिएको बताइएको छ । आफुले व्यक्तिगत सम्पत्तिबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको वर्षाको दाबी रहेको छ ।


ADVERTISEMENT

# # #


उक्त समाचारले आफ्नो व्यक्तिगत जीवनमा नराम्रो असर परेको वर्षाले दाबी गरिन् ।