काठमाडौँ– कलेजले पारामेडिक्सतर्फ छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीको भर्ना नै नलिएपछि विद्यार्थीहरु संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका छन् ।


ADVERTISEMENT


कलेजले भर्ना लिन नमानेको भन्दै रुष्ट भएका उनीहरुले शुक्रवार समितिमा ध्यानाकर्षणको ज्ञापनपत्र समेत बुझाएका छन् ।


ADVERTISEMENT

# # #


चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकै कलेजमा पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिका विद्यार्थीलाई भर्ना गर्न नदिएपछि विद्यार्थीहरु आक्रोशित भएका हुन् ।

तर, आयोगले समेत आफ्नो कुरा नसुनेको र विश्वविद्यालयले पनि बेवास्ता गरेको विद्यार्थीहरुको भनाई छ । समिति धाउनुपिर्ने बाध्यात्मकारी अवस्था रहेको उनीहरु बताउँछन् । ‘२०७८ साल मंसिर ११ बाट सुरु हुनुपर्ने पठनपाठन हालसम्म पनि सुरू नभएको साथै हाम्रो समस्या चिकित्सा शिक्षा आयोगमा पटक पटक व्यक्त गर्दा पनि आयोगले बेवास्ता गरेको कारण हामीलाई मानसिक पिडाले सताइरहेको हुनाले शिक्षा तथा स्वास्थ्य समितीमा यो करा पुर्‍याउन बाध्य भयौं’ पेशति ज्ञापनपत्रमा उल्लेख छ ।

यसका साथै पूर्वाञ्चल विश्वविद्यालयअन्र्तगत उपत्यकामा छात्रवृत्ति पाएका/नपाएका विद्यार्थी सबैलाई उपत्यकामा नै सहज हुने भएकाले सबै विद्यार्थीलाई मर्ज गर्दै उपत्यका अन्तर्गत नै रहेका १० भन्दा बढी पूर्वाञ्चलका कलेजमध्ये जुनकुनै एकमा मर्ज गराउनुपर्ने, चिकित्सा शिक्षा आयोडाले भर्ना अगावै छात्रवृत्तिका विद्यार्थीसँग गरेको कबूलियतनामा खारेज गरी विद्यार्थीले चाहेको अरू कलेज वा विश्वविद्यालयमा पढ्ने वातावरण मिलाउनुपर्ने र उनीहरुको माग छ ।

आयोगको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण भई छात्रवृत्तिमा अध्ययन गर्न छनोट भएका बिएससी नर्सिङ, बिपिएच र बिफार्म लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यकाभित्र रहेका अधिकांश शिक्षण संस्थाले पठनपाठन गराउन अस्वीकार गरेको हो ।

यतासिट संख्यादेखि अनुगमन र शुल्क निर्धारणसम्म आयोगले नै गरेपनि सिट संख्या पुग्ने गरी प्रवेश परीक्षा उत्तीर्ण नगराइ विद्यार्थीहरु सबै नीजिस्तरमा सञ्चालित कलेजलाई विद्यार्थी नदिइ सुनुयोजित ढंगबाट संस्था बन्द गर्ने षड्यन्त्र चिकित्सा शिक्षा आयोगले गरेको कलेजहरुको आरोप छ ।