काठमाडौं – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।


ADVERTISEMENT


आज (आइतबार)  देखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


सम्मेलनको तयारीस्वरुप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।

माओवादीले राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।