रसुवा– यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको प्रशिक्षण यहाँ सम्पन्न भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार भर्ना गरिएको २४० म्यादी प्रहरीलाई आधारभूत प्रशिक्षण सम्पन्न गरी आजदेखि ग्रामीण क्षेत्रको मातहत प्रहरी चौकीमा खटाइएको हो ।


ADVERTISEMENT

# # #


प्रशिक्षण लिनेमा १८ देखि ३० वर्ष उमेरका ९२ जना महिला म्यादी प्रहरीमा रहेको बताएको छ । सबै म्यादी प्रहरीले मतदान केन्द्रको सुरक्षा र आफ्नो दायित्वका बारेमा दिशाबोध गरिसकेका र मतदान केन्द्रको ड्युटी नलिँदासम्म प्रहरीको अगुवाइमा सुरक्षा गस्ती कार्यमा परिचालन हुने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।