काठमाडौँ– समृद्धि फाइनान्सका ग्राहकले अब नेपाल पेमेन्ट सोलुसनसंग आबद्ध विभिन्न वालेटबाट फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने भएको छ ।


ADVERTISEMENT


आइतबार यी दुई कम्पनीबीच भएको सम्झौता अनुरुप समृद्धिका ग्राहकले सोलुसनको २२ वटा वालेटहरुबाट निशुल्क फण्ड ट्रान्सफर गर्न सकिने भएको हो ।


ADVERTISEMENT

# # #


समृद्धि फाइनान्सको शाखा कार्यालय पुतलीसडक काठमाडौँमा भएको सो सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र नेपाल पेमेन्ट सोलुसनका तर्फबाट कार्यकारी प्रमुख प्रताप श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।