काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वरीयताको विषयलाई लिएर मनछुने कुरा बताएका छन् ।   कोइरालाले   मतदाताले दिएको मतदानले नै आफ्नो वरीयता कायम गरेको बताएका छन् ।


ADVERTISEMENT


१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतले नै वरीयता कायम गरिदिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनित गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो ।

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उनले बताए । ‘तपाईं निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला निर ?’ भन्ने प्रश्नमा उनले त्यस्तो नहुने जवाफ दिएका थिए।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन्।