काठमाडौं – बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्या प्रयास गरिएको भिडियोबारे प्रहरीले छानबिन गर्ने भएको छ ।   क्रिसमसमा विंडसर कैसलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।


ADVERTISEMENT


यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिएर उनको हातमा धनुष तीर जस्तो केही चिज थियो । भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य बेलायती महारानी एलिजाबेथको हत्या गरेर बदला लिने भएको बताएको थियो ।


ADVERTISEMENT

# # #


प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे । बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ ।

१९ वर्षीय संदिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ । महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर कैसलमा थिइन् । उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी भएकी थिइन् । एजेन्सी