नेकपा एमालेका युवा नेता कशोर विक्रम मल्ल :


ADVERTISEMENT


निर्वाचन नजिकै आइरहँदा तपाईको जिल्लामा निर्वाचनको माहोल कत्तिको तातेको छ ?


ADVERTISEMENT

# # #


पहिलो चरणको त करिब करिब अन्तिम चरणमा प्रवेश गरिसक्यो । निर्वाचन आयागले पनि आफ्नो तयारी पूरा गरेर कर्मचारी खटाउने देखि लिएर आवश्यक सामग्री वठाउने तयारी भइसक्यो । राजनीतिक दलहरुको तर्फबाट पनि करिब करिब प्रचार अभियानको काम सकिसकेको छ । आन्तरिक तयारी पनि भइसकेको छ ।

धेरैले एमाले माओवादीको गठबन्धनलाई टाउका जोडिएको तर खुट्टा नजोडिएको भनेर ठिप्पणी गरे । तल्लो स्तरका कार्यकर्ता यसमा त्यती खुलिसकेका छैनन् भन्ने गरियो । गठबन्धनको प्रभाव जनतामा कत्तिको पाउनुभएको छ ?

सबैभन्दा पहिले त जनताले चाहेका वामहरु खासगरी कम्युनिस्टहरु एक भएर देशलाई विकासको बाटोमा लैजानु पर्छ भन्ने जनताको चाहाना यस पटक संस्थागत हुन खोजेको छ । पहिलो चरणमा निर्वाचन कार्यगत एकताको माध्यमबाट र निर्वाचन पश्चात पार्टी एकीकरण गरेर यसलाई मूर्त रुप दिने योजना बनाउँदै संयुक्त घोषणापत्र बनाएर निर्वाचनमा जाँदै गर्दा मुलूकमा अब सकारात्मक परिवर्तन हुन्छ भन्ने संकेतहरु देखिएको छन् । यसलाई सार्थक निष्कर्षमा पुर्याउनका लागि थप दबाबको भूमिका त जरुरी नै छ । यसले आम जनतालाई नेपालमा जहिलेपनि अस्थिर सरकार हुने, स्रोत साधन भएर पनि यसलाई अगाडी बढाउन नसक्ने गतिविधि जसरी अगाडी बढ्यो । अब यो कुराको समाप्ती हुँदैछ भने नेपाल समृद्धिको बाटोतर्फ अगाडी बढ्छ भन्ने लागेको छ । यस कारण नेता कार्यकर्ता देखि आम जनतासम्म सबै उत्साहित नै देखिन्छन् ।

निर्वाचन पछि पार्टी एकिकरण गर्ने भनिरहँदा यसको लागि सहमति पनि आवश्यक पर्ला । तल्लो स्तरका नेता कार्यकर्ताले यसलाई कत्तिको सहज रुपमा लिएका छन् ? के निर्वाचन पछि पार्टी एकिकरण गर्न सहज छ ?

नेतृत्वको कुरालाई विश्वास मान्ने हो भने त्यो कुरा सहज देखिन्छ । यो सार्थक निष्कर्षमै पुग्छ भन्ने लाग्छ । नेतृत्वले जुन खालको तयारी गरेको छ त्यो अनाुसार नै अगाडी बढ्छ भन्ने लाग्छ ।

 तपाईहरुले बहुमत ल्याएर स्थायी सरकार बनाउने कुरा गरिरहनु भएको छ । स्थायी सरकारको निर्माणपछि मुलूकमा समृद्धि र विकासको कुरा उठाइरहनु भएको छ । त्यसको रोड म्याप के हो ?

सबैभन्दा पहिलो करा त नेपाल स्रोत साधनको हिसाबले सम्पन्न देश हो । असल नीति, असल विचारलाई नेतृत्व गर्ने सरकार जरुरी छ । ४६ सालको बहुदलप्राप्ती पछि अहिलेसम्मको अवस्था हेर्दा नेपाली कांग्रेसले बहुमत ल्याएको देखिन्छ । २८ वर्षको अन्तरालमा नेपाली कांग्रेसले २२ वर्ष सरकार सञ्चालन गरेको देखिन्छ । सरकारको नेतृत्व गर्दा पनि एकदमै अन्योलतापूर्वक अगाडी बढ्ने र एक वर्ष नपुग्दै सरकार फेर्ने खेल भइरह्यो । कुर्सीको लागि लडिरहने खेल विकसित भयो । जसले गर्दा स्रोत साधनसम्पन्न देश आर्थिक रुपले सम्पन्न गर्नका लागि विकासका आधारशीला थुप्रै छन् ।

वाम गठबन्धनको संयुक्त घोषणापत्र धेरै महत्वाकांक्षी भन्ने जुन खालको चर्चा चलेको छ ।त्यसमा म के भन्न चाहान्छु भने सपना देख्ने कुरा सबैभन्दा राम्रो कुरा हो । विचारलाई लिपीबद्ध गर्ने कुरा राम्रो हो ।

सही विचार र दृष्टिकोणलाई अगाडी बढाउनका लागि स्थायी सरकार हुनुपर्छ । त्यो स्थायी सरकार निर्माण हुन्छ भन्ने विश्वासका साथ नेपालमा भएका सम्भावनाको उपयोग गर्दै मुलूकलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडी बढाउने हो ।

एकातिर वाम गठबन्धन छ भने अर्कोतिर थारै ठाउँमा भएपनि लोकतात्रिक गठन्धन गरिएको छ । वाम गठबन्धनको जती चर्चा छ, त्यती नै आलोचना पनि छ । विशेष गरी नेपाली कांग्रेसले चर्को आलोचना गरिराखेको छ । यसमा तपाईहरुको दृष्टिकोण कस्तो छ ?

वाम गठबन्धनपछि आफूलाई लोकतान्त्रक हुँ भन्ने नेपाली कांग्रेसले बाहिर जुन खालको अपवाह फैलाउँदै छ । लोकतन्त्र समाप्त हुने कुरा, अधिनायकवाद लागू हुने कुरा गरेर जनु किसिमले जनतासामू भ्रम फैलाउँदै छ । देश समृद्धितर्फ जान्छ भने लोकतन्त्र कसरी समाप्त हुन्छ ? जनताले खोजेको आवश्यकता पूरा हुन्छ भने कसरी अधिनायकवाद लागू हुन्छ ? त्यस कारण यो सबै हारको मानसिकता हो भन्ने पुष्टि भइसकेको छ नि । हिजो प्रजातन्त्र आउने बित्तिकै नेपाली कांग्रेसले जुन किसिमको ६० वर्ष पुगिसकेपछि कम्युनिस्टले गोली हानेर मार्छ भन्ने जुन किसिमको गलत प्रचार गर्यो । तर त्यो त वामपन्थीले वृद्धहरुको सम्मान गरेको थियो । जुन अहिले आएर कांग्रेसले नै महशुुस गर्दैछ नि त । २०५९ सालमा राजालाई लोकतन्त्र सुम्पिने कांग्रेस नै होइन ? अनि कम्युनिस्टले जिते कसरी लोकतन्त्र समाप्त हुन्छ ? यो सबै कुरा आफू हार्ने देखेर गरिएको प्रचारबाजी मात्रै हो ।

पार्टी एकिकरणपछि युवा नेताहरुको समायोजन कसरी हुन्छ ? निर्वाचनमा त युवाहरुलाई प्राथमिकता दिएको देखिदैन नि ?

सबैभन्दा पहिले त आज समान ढंगले अवसर प्राप्त हाम्रै पार्टी भित्र पनि भइरहेको छैन । चाहे त्यो नेकपा एमाले कुरा गरौँ या माओवादी केन्द्रको । अहिले भइरहेको निर्वाचनको कुरा गर्नु पर्दा उम्मेदवारी छनोटको विधि पनि सुधार गर्नुपर्ने देखिन्छ । यो कुरा म फेरि पनि भन्न चाहन्छु कि उम्मेदवार छनोट गर्दा कार्यकर्ता केन्द्रित हुनुपर्ने तर नेता केन्द्रित हुने परिपाटी भयो । यो गलत कुरा हो । यसमा समग्र पार्टीले आफ्नो पार्टीको विधि विधानमा पुनर्मुल्याङ्कन गर्नु पर्छ । उम्मेदवार बन्नका लागि कार्यकर्ताबाट छनोट भएपनि नेताबाट छनोट नहुने गरेको छ । यो कुरा सुधार गर्न जरुरी छ । अर्को युवा पंतीहरु पनि आफूलाई लागेका कुरा बाहिर अभिव्यक्त गरिन्छ । तर, वैधानिक फोरमभित्र बसेर सुधार गर्नको लागि सुधार नगर्ने केबल आलोचना मात्रै गर्ने परम्परालाई परिवर्तन गर्नु पर्छ । अहिले खासगरी २५ देखि ४५ वर्ष उमेर समूहका युवाहरुलाई प्रदेश सभामा दिनुपथ्र्यो भन्ने मेरो कुरा हो । पूरानालाई सम्मान गर्दै नयाँलाई पनि अवसर दिनुपथ्र्यो भन्ने मेरो व्यक्तिगत कुरा हो ।

अन्त्यमा, आम मतदाताको लागि के भन्नुहुन्छ ?

कुरा के हो भने, देश अब स्थायी सरकार निर्माण गर्ने तर्फ अगाडी बढेको छ । यो लामो समयपछि हुन लागेको आम निर्वाचन हो । नेपालको इतिहासमा संघीय लोकतान्त्रिक गणतन्त्रको इतिहासलाई संस्थागत गर्नका लागि अन्तिम चरणमा हामी लागिरहेका छौँ । संविधानमा भए बमोजिम देशलाई साच्चिकै समृद्धिको बाटोमा लैजानका लागि ढुक्क भएर आफूले रोजेको र देशको माटो र आवश्यकता सुहाउँदो राजनीतिक दलहरुलाई भोट दिन म अनुरोध गर्दछु ।