काठमाडौँ– नेपाली काँग्रेसले पार्टीका नेताद्वय डा रामशरण महत र रमेशकुमार महतमाथि नुवाकोटमा भएको बम आक्रमणप्रति निन्दा र भत्सना गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ नुवाकोटमा काँग्रेसका उम्मेदवार, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण र सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं खका उम्मेदवार रमेशकुमार चुनावी प्रचारप्रसारमा हिँडेका बेला आज उनीहरु चढेको गाडीलाई लक्षित प्रेसरकुकर बम विष्फोट भएको थियो ।


ADVERTISEMENT

# # #


उम्मेदवारसँगै चुनावी प्रचारप्रसारमा हिँडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राईलगायत काँग्रेसका पाँच कार्यकर्ता गम्भीर घाइते भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

घाइतेको अहिले काठमाडौँमा उपचार भइरहेको छ । “काँग्रेसप्रतिको जनलहरबाट अतालिएर आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा काँग्रेसका उम्मेदवारको हत्या गर्ने मनशायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति काँग्रेस घोर निन्दा र भत्र्सना गर्दछ, यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो हस्तक्षेप गरेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस उम्मेदवार रामशरण महतलाई लक्षित गर्दै बम विस्फोट, पाँच घाइते