काठमाडौं – विश्व तयारी चाउचाउ संघका अनुसार चीन, इन्डोनेसिया, जापान र थाइल्याण्ड संसारमा सबैभन्दा बढी तयारी चाउचाउ न् ।


ADVERTISEMENT


आधिकारिक डाटा नभए पनि नेपालमा तयारी चाउचाउका हिमायती कम छैनन् । खासगरी बच्चाहरूमा चाउचाउ सर्वप्रिय बन्दै गएको देखिन्छ । कतिपय स्कुलमा त खाजाका रूपमा चाउचाउ नै दिने गरिएको छ । त्यसैले चाउचाउ विकारको सबैभन्दा ठूलो जोखिम बालबालिकालाई नै छ ।


ADVERTISEMENT

# # #


ध्यान दिनुपर्ने कुरा के छ भने, नियमित वा धेरै मात्रामा चाउचाउ खानु बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका लागि निकै खतरनाक रहेको विज्ञहरू बताउँछन् ।

खाद्य वैज्ञानिकहरु चाउचाउ नियमित खाँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउँछन् । सय ग्रामको चाउचाउमा २० प्रतिशत पाम तेल हुन्छ । कृत्रिम स्वादमा पल्किएर बच्चाहरूले मोनो सोडियम ग्लुटामेट (एमएसजी) खाइरहेका हुन्छन् । एमिनो एसिड शरीरलाई चाहिन्छ तर लिमिटमा हुनुपर्छ । धेरै भयो भने हड्डीमा समस्या हुन्छ ।

पाम तेल धेरै खाँदा नसामा जम्ने र ब्लड प्रेसरको समस्या हुने हुन्छ । सोधहरुका अनुसार चाइना, भियतनाम, कम्बोडिया, कोरिया, जापानलगायतका देशमा एमएसजी धेरै प्रयोग हुने गरेको पाइन्छ ।