काठमाडौं –   ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले उम्मेदवारी दिने भएका छन् ।


ADVERTISEMENT


टानको पूर्व उपाध्यक्षसमेत रहेका बाँस्तोलाले आगामी माघ २८ गते हुन लागेको टानको ४३ औँ साधारणसभा तथा निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् । टान पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठनरुपमा परिचित छ ।


ADVERTISEMENT

# # #


बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, हस्तकला निर्यातलगायतका उद्योग व्यवसायमा लगानी छ । यस्तै, उनले एशियन हेरिटेज फाउण्डेसन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सामाजिक कार्य गर्दै आएका छन् ।

विगत २६ वर्षदेखि नेपाली पर्वतीय क्षेत्रमा लाग्दै आएका बाँस्तोला सन् २००२ देखि टानमा आवद्ध रहँदै आएका छन् ।