काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) मा उपविजेता बनेका महिला खेलाडि टोलीलाई बधाई दिएका छन् ।
उपराष्ट्रपति पुनले एक सन्दशेजारी गर्दै सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गरेर उपविजेता बनेका मलिा टोलीलाई एक उपाधी रक्षा गर्दै किर्तिमान कायम गरेकोमा बधाई दिएका हुन् ।
महिला राष्ट्रिय भलिबलमा ठ्लो उपलब्धि भएको जनाउँदै उनले सन्देशमा लेखेका छन्, ‘नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधी अभूतपूर्व, अनुपम एवम् प्रशंसनीय छ । यसबाट नेपाली महिला राष्ट्रिय भलिबलले टिमले ठूलो फड्को मारेको प्रमाणित हुन्छ ।’
सो सफलताबाट देशभित्र भलिबलको लोकप्रियता अझै बढेर जानुको साथै भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरु उच्च मनोबालका साथ मैदानमा उत्रने र यी भन्दा ठूला सफलताहरु हासिल गर्नेतर्फ उनले विश्वास प्रकट गरे ।
यसका साथै उनले सोहि प्रतियोगिताको पुरुषतर्फको खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले गरेको प्रदर्शनको समेत प्रशंसा गरेका छन् भने, उनले नेपाली खेलकूद क्षेत्रको विकासमा आफ्नो साथ सदैव रहने प्रतिबद्धा पनि जनाएका छन् ।