चितवन – चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८-७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।


ADVERTISEMENT


निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एकरएक जनाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै सोही समयमा हात्तीको आक्रमणबाट चार, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए ।

चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिबापत निकुञ्जले ८० लाख ७३ हजार रूपैयाँ क्षतिपूर्ति तिरेको छ । निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५-७६ देखि आव २०७८-७९ को कात्तिक मसान्तसम्म ६ करोड २५ लाख ४४ हजार रूपैयाँ राहत वितरण गरेको छ ।

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पुर्‍याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ । चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई ४० लाख रूपैयाँ राहत रकम वितरण गरिएको छ । रासस