काठमाडौँ – शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले, पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हास्य कलाकार सन्दीप क्षेत्री, मिडिया व्यक्तित्व नरेश भट्टराई, विवेक खतिवडा र निता प्रधानाङ्ग, टिक टक स्टार उषा उप्रेतीको उपस्थितिमा सार्वजनिक गरिएको थियो।


ADVERTISEMENT

# # #


यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–ईन–क्लास फिचर्सका साथै फर्स्ट–ईन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ ।