काठमाडौँ –  सहकारीमा राखिएको सर्वसाधारणको रकम ठगी गरेको आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ गत असोज १८ गते पक्राउ परे । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गर्यो । बुधबार मात्रै काठमाडौँ जिल्ला अदालतले तामाङसहित केशवलाल श्रेष्ठलाई थुनामा राखेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


ADVERTISEMENT


लामो समयदेखि अनुसन्धानको विषय भए पनि विभिन्न शक्तिकेन्द्रको आड र दबाबका कारण यो मुद्दा बाहिर आउन सकेको थिएन । नेपाल प्रहरीले चलाएको ठूलो अपरेसनमध्ये एउटा मानिएको तामाङको मुद्दा ‘हाइप्रोफाइल’ भएकाले अनुसन्धान सहज थिएन । किनकी दर्जनौँ कम्पनीको स्वामित्व भएका तामाङ एक व्यवसायी मात्र नभई नेकपा एमालेका पूर्वसांसद समेत थिए ।


ADVERTISEMENT

# # #


यद्दपी सीइर्आबीको टोलीले ठगी प्रकरण यो मुद्दालाई अन्ततः अनुसन्धानको दायरामा ल्याउन सफल भयो । त्यसको नेतृत्व गरे सीआईबीका निर्देशक  प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले । जब डीआईजी सिंह सीइआईबीको निर्देशक भएर गए लामो समयदेखि रोकिएको यो मुद्दाको फाइल अघि बढाएर अनसन्धान गर्ने हिम्मत गरे ।

पक्राउ पछि पनि तामाङको रिहाईका लागि उच्चस्तरबाट नै प्रहरीमाथि दबाब आइरहेको थियो । तर पनि सीइआईबीको टोलीले तामाङमाथि प्रारम्भिक अनुसन्धान गर्न सफल भयो । डीआईजी सिंहको टोलीले कसुर पत्ता मात्रै लगाएन छानबिन गरेर अदालतबाट थप अनुसन्धानका लागि म्याद थप समेत गर्न सफल भएको छ ।

अनुसन्धान अघि बढाउँदै जाँदा तामाङमाथि करिब १५ सय बढी बचतकर्ताले सहकारीमा राखिएको आफ्नो रकमको सावाँ र ब्याज फिर्ता माग्दा नपाएको भन्दै प्रहरीसमक्ष उजुरी दिए । इच्छाराजको सिभिल सहकारीमा १५ सय बढी बचतकर्ताको करिब ७ अर्ब बचत भएको ८ अर्बमध्ये इच्छाराजले ७ अर्ब ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले चालेको अप्रेसनले हजारौँ लगानीकर्ताको अर्बौंको सम्पत्ति जोगिने अवस्थामा पुगेको छ । साथै जनताको लगानीमाथि खेलवाड गर्ने तामाङलाई कारवाहीको दायरामा ल्याउन डीआईजी धीरजप्रताप सिंह नेतृत्वको सीआईबीले खेलेको भूमिका उल्लेखनीय रहेको छ । अपराध कर्मलाई निमिट्यान्न पार्नका लागि तामाङको मुद्दामा सीआईबीले गरेको प्रयासले सम्पूर्ण बैँक तथा वित्तीय संंथा, ग्राहक र सर्वसाधारणको हित र सुरक्षाका लागि राज्य र प्रहरी प्रशासन सँधै चनाखो छ सन्देश दिएको छ ।

डीआईजी सिंह अब्बल प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । डीआईजी सिंह भावी प्रहरी महानिरीक्षक (आईजी)को रुपमा समेत हेरिएका प्रहरी अधिकारी हुन् ।