काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट कमिटीले आगामी फेब्रुअरी दोस्रो साता ओमानमा हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।


ADVERTISEMENT


क्यानको कमिटीले मुख्य प्रशिक्षक पुवुदु दसानायकेसँगको परामर्शमा ३० जनालाई पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो । केही दिन पहिलो बन्द प्रशिक्षण सुरु गर्ने भनिए पनि खेलाडी र क्यानबीचको अन्तरद्वन्द्वका कारण ढिलाइ भएको थियो ।


ADVERTISEMENT

# # #


भर्खरै नियुक्त भएका मुख्य प्रशिक्ष दसानायके नेपाल आएसँगै बन्द प्रशिक्षण सुरु गर्न लागिएको हो । बन्द प्रशिक्षणमा क्यानको अनुशासन कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी पनि परेका छन् ।

यस्तै केही युवा खेलाडीहरु विवेक कुमार यादव, सागर ढकाल, नन्दन यादव, भीम सार्की लगायतका खेलाडी समेत परेका छन् ।

क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । बिहीबार पत्रकारहरुसँगको अन्तरक्रियामा प्रशिक्षक दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । यससँगै कारबाही फिर्ता गर्दै ज्ञानेन्द्रलाई कप्तान यथावत राख्नु पर्ने चार खेलाडीमो माग पूरा नहुने भएको छ ।

ग्लोबल छनोटको समूह ‘बी’मा नेपाल र आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फ्लिपिन्स र युएई गरी ८ टोली सहभागी हुने छन् । उत्कृष्ट २ टोली सन् २०२२ को अक्टोबरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

बन्द प्रशिक्षणमा बोलाइएको खेलाडीहरु:

१) सन्दीप लामिछाने
२) ज्ञानेन्द्र मल्ल
३) दीपेन्द्र सिंह ऐरी
४) शरद भेषावकर
५) करण केसी
६) सोमपाल कामी
७) आरिफ शेख
८) विनोद भण्डारी
९) कुशल मल्ल
१०) कुशल भुर्तेल
११) आशिफ शेख
१२) कमल सिंह ऐरी
१३) शाहव आलम
१४) सन्दीप जोरा
१५) अभिनास बोहरा
१६) सुसन भारी
१७) पवन सर्राफ
१८) विक्रम सोब
१९) भीम सार्की
२०) रोहित कुमार पौडेल
२१) प्रदीप ऐरी
२२) गुल्सन कुमार झा
२३) नन्दन यादव
२४) जितेन्द्र कुमार मुखिया
२५) विवके कुमार यादव
२६) सौरभ खनाल
२७) राजेश पुलामी मगर
२८) किशोर महतो
२९) सागर ढकाल
३०) हरिशंकर शाह