शिशुका लागि आमाको दुधलाई पोषक तत्वको भण्डार मानिन्छ । आमाको दुधले नै शिशुको शारीरिक एवम् मानसिक स्वास्थ्य वृद्धि विकासमा अथाह मद्दत पुर्‍याउँछ । जसकारण पनि पुर्ण रुपमा ६ महिनासम्म आमाले आफ्नो शिशुलाई स्तनपान गराउनुपर्ने विज्ञहरुले सल्लाह दिदैँ आएका छन् ।


ADVERTISEMENT


अन्यथा उचित स्तनपानको अभावमा शिशुमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको कमी हुनुका साथै यसले अन्य विभिन्न शारीरिक समस्याहरु निम्त्याउने सम्भावना प्रबल रहन्छ । उचित स्तनपान अभावको असर शिशुमा मात्रै नभई आमामा पनि देखिने विज्ञहरु बताउँछन् । जसबाट आमाहरुमा हार्माेनको सन्तुलन बिग्रिन गई पोस्टपार्टम डिप्रेशनजस्ता मानसिक समस्याका साथै डिम्बग्रन्थी तथा स्तन क्यान्सरको समेत उच्च जोखिम रहने तथ्य विभिन्न अध्ययननहरुले समेत पुष्टि गरिसकेको छ ।तसर्थ कुनै पनि आमाले शिशुका लागि मात्रै नभई आफ्नै लागि समेत आफ्ना शिशुलाई उचित रुपमा स्तनपान गराउनु जरुरी रहन्छ ।


ADVERTISEMENT

# # #


यस्तै, सामान्यतयाः प्रसुतिपछि अधिकांश आमाको साझा समस्या भनेको आफ्ना शिशुलाई स्तनपान गराउनु हो । अधिकांश भर्खरै जन्मेका शिशुहरु एक भागको मात्रै स्तनपान गर्न रुचाउने र अर्कापट्टिको दुध चुस्न नरुचाउने हुन्छन् । अर्थात्, प्रायजसोः शिशुहरु स्तनपान गर्न नमान्ने र गरेपनि एक साइडको मात्रै स्तनपान गर्न रुची राख्छन् । शिशुका यस्ता बानीले आमामा एक किसिमको तनाव त पैदा गर्छ, नै यससंगै यसले आमा शिशु दुवैलाई प्रतिकुल असर समेत गर्दछ ।

यद्यपि शिशुको यस बानीलाई सामान्य मानिन्छ, र उनीहरुको यस्तो बानीलाई हटाउन समेत सकिने भएकाले पनि यसबारे खासै चिन्तित रहनु पर्दैन । तसर्थ यसका लागि सर्वप्रथम त हामीले के कारणले शिशुहरु दुवै स्तनपान गर्न मानिरहेको छैनन् भन्ने कुरा जान्न एकदमै आवश्यक छ ।

कारणहरु

शिशुहरुले एकै भागको मात्र स्तनपान गर्न रुचाउने र अर्कापट्टिका स्तनपान नरुचाउने विविध कारणहरु रहेका छन् । साधारणतयाः निम्न कारणले शिशुले स्तनपानका लागि अस्वीकार गर्ने गर्छन्ः

-मस्टिटिसका कारण हुने दुधको परिवर्तित स्वाद
-निप्पलको आकार र असहज स्थिति
-कम दुध आउने भएकाले
-स्तनमा कुनै समस्या भएमा वा आमाले पार गरिरहेको कुनै अन्य शारीरिक समस्या
-र, केहि आमाहरु बच्चालाई आफ्नो दायाँ वा बाया भागमा मात्रै सहज महशुस गर्ने भएकाले ।

यी त रह्यो, शिशुले एक भागको मात्रै स्तनपान गर्न रुचाउने कारणहरु । यसका साथै अब हामीले शिशुलाई दुवै स्तनपान किन गराउनुपर्छ? र नगराएमा यसले आमाशिशुमा के–कस्ता समस्या देखिन्छन् त? भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ ।

एउटा मात्रै स्तनपान गराउनाले शिशुलाई पर्याप्त दुधको कमी हुन जान्छ । जसकारण शिशु भोको रहने र अधिकांश रुइरहने गर्छन्, भने पर्याप्त दुधको अभावमा उनीहरुमा प्रतिरोध क्षमताको कमी समेत हुनजान्छ । यसबाहेक दुवै स्तनपान नगर्ने र नगराउने आमामा देखिने समस्याहरु निम्न छन्ः

-स्तनपान नगराएको स्तन सुक्दै जाने
-असमान स्तनको आकार
-दुध गानिएर अत्याधिक दुखाई हुने
-निप्पलमा क्षति पुग्ने
-अनावश्यक रुपमा स्वतः दुध बगिरहनु ।

तसर्थ यी कुराहरुलाई ध्यानमा राख्दै यस्त समस्याबाट बच्नका लागि भएपनि आमाले आफ्ना शिशुले दुवै स्तनपान गर्न किन खोजिरहेका छैनन् ?भन्ने कुरा पत्ता लगाई हामीले सो कारणलाई कम गर्ने कोशिस गर्नुपर्दछ । अन्यथाः यसबाहेक यसका लागि सम्बन्धित विशेषज्ञ एवम् अनुभवी व्यक्तिबाट सल्लाह सुझाव समेत लिन सकिन्छ ।