काठमाडौं – काठमाडौंमा जारी   नेकपा (माओवादी केन्द्र)कफ महाधिवेशनले पदाधिकारी संख्या आवश्यकता अनुसार बढाउने भएको छ । त्यसको जिम्मा केन्द्रीय समितिलाई दिने गरी विधान संशोधन मस्यौदाका प्रस्तावक देव गुरुङले जारी बन्द सत्रमा प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


शनिबार आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै केन्द्रीय सदस्य मनोनय गर्ने प्रतिशत पनि १५ पुर्‍याउने प्रस्ताव समेत गरिएको छ । यसअघि १० प्रतिशत मनोनय गर्ने प्रस्ताव गरिएको थियो । केन्द्रीय सदस्य भने २९९ हुने छन्।