काठमाण्डौं-निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बसन्त थेवे र धनराज योङहाङ रहेका प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट २ वटा पेस्तोल र १० राउण्ड गोली पनि बरामत गरेको छ ।


ADVERTISEMENT

# # #


उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ ।

मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि गत मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो ।

गत असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनको मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानी हत्या गरेका थिए । हत्याका मुख्य योजनाकार भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।