आठराई गाउँपालिकाको आव २०७४/७५ को नीति कार्यक्रम तथा बजेट शुक्रबार सार्वजनिक भएको छ ।

आव २०७४/७५ का लागि रु ३२ करोड १५ लाख ६१ हजार १३३ को बजेट सार्वजनिक गरिएको हो । बजेटको चालुतर्फ करिब रु १७ करोड ७३ लाख र पूँजीगततर्फ करिब रु १४ करोड ४४ लाख विनियोजन भएको छ ।


ADVERTISEMENT


# # #


चालु आवमा गाउँपालिकामा वित्तीय समानीकरणतर्फ करिब रु १६ करोड ९३ लाख, सशर्त अनुदानतर्फ करिब रु १४ करोड ४३ लाख र नेपाल सरकारबाट गत आवमा प्राप्त करिब रु ५९ लाख ८७ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बूले बताए ।

सशर्ततर्फको रु १४ करोड ४३ लाख तीन हजार प्राप्त अख्तियारीका आधारमा कार्यक्रम सञ्चालन हुने बताइएको छ । गाउँपालिकाले आगामी आवमा आन्तरिक राजश्व रु १० लाख संकलन गर्ने लक्ष्य लिएको छ ।

गाउँसभाले आर्थिक, सामाजिक, पूर्वाधार विकास, वातावरण तथा विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह र वित्तीय व्यवस्थापनका कार्यक्रमलाई अघि बढाउने भएको छ ।

 

 

प्रतिकृया

प्रतिकृया