१२ वडा रहेको बन्गाड कुपिण्डे नगरपालिका कर्मचारीविहीन बनेको छ ।


ADVERTISEMENT


कर्मचारी अभावमा स्थानीय सेवाग्राहीले सेवा पाउन सकेका छैनन् । कर्मचारी अभावमा स्थानीय सानो काम पनि सदरमुकाम जान बाध्य छन् । दैनिक हजारसम्म खर्च गरेर सदरमुकाम जान परेको स्थानीयले गुनासो गरे ।


ADVERTISEMENT

# # #


नगरपालिकामा सिफारिस र सामान्य काममात्र हुने गरेको स्थानीय पुष्कर बस्नेतले बताए । वडा र नगरपालिका कार्यालयमा झन्डै ६० कर्मचारी हुनुपर्नेमा कार्यालय प्रमुखसहित तीन जनामात्र रहेको नगर प्रमुख गोविन्द पुनले जानकारी दिए ।

उनका अनुसार १२ वडामा ४८ कर्मचारी हुनुर्नेमा १५ भन्दा बढी अझ नपुग छ । कार्यकारी प्रमुख, एक नायब सुब्बा र एक वडा सचिवमात्र कार्यरत रहेको उनले बताए । लेखा अधिकृत र प्राविधिक नभएकाले विकास निर्माणको काम प्रभावित भएको उनी बताउँछन् । ‘अहिलेसम्म विकासको काम सञ्चालन गर्न सकेका छैनौं । कामकाज सबै ठप्प छन्,’ उनले भने, ‘लेखा अधिकृत नभएकाले तलब निकासा र योजनाको बजेट निकासाका कामसमेत प्रभावित भएको छ ।’