काठमाण्डौं-अन्य गाउँमा चुनावको रन्को चलेको र उम्मेदवार मात्र होइन मतदातासमेत निर्वाचनमा प्रचारप्रसारका लागि लागेका बेला दक्षिणी धादिङको गजुरी–६ स्यामैडाँडाका चेपाङ भने वर्षौंदेखि खानेपानी समस्याको सपना पूरा गर्न योजना शुरु गरेका छन् ।


ADVERTISEMENT


सत्य साई सेवा सङ्गठन नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । सो योजनाको शिलान्यास रेड्डी र श्रीमती हाइमा रेड्डीले गरे । एकसट्ठी घर चेपाङ बस्तीमा खानेपानी समस्या छ । गाउँका बारेमा समाचार आएपछि सोही आधारमा खानेपानी योजनाका लागि सहयोग गरिएको संगठन नेपालका अध्यक्ष अमरबहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सो अवसरमा चेपाङ समुदायमा निःशुल्क स्वास्थ्य शिविर र नारायण सेवा ९सामुदायिक भोजन० आयोजना गरिएको थियो । शिविरमा बालरोग, स्त्रीरोग, दन्तरोग आँखा, साधारण जाँचमा विशेषज्ञ डाक्टरबाट परामर्श सेवा उपलब्ध थियो । सात सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको वडा सदस्य संगीता चेपाङले बताईन ।