काठमाण्डौं-कोशी राजमार्गअन्तर्गत मोरङ्गको बुढीगंगा गाँउपालीका १ मा क्रेनको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।


ADVERTISEMENT


को १ क २२४९ नम्बरको क्रेनको ठक्करबाट गम्भिर घाइते भएका स्थानीय ७० बर्षिया रत्न कुमारी रेग्मिको उपचारको क्रममा कोशी अंचल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, रुपन्देहीको सैनामैना नगरपालिका १ रानीबगियामा एम्बुलेन्सको ठक्करबाट साईकलयात्री, स्थानीय ५० वर्षिय लक्ष्मण परियारको मृत्यु भएको छ ।

लु १ च ५२४८ नम्बरको एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते परियारको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।