दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।


ADVERTISEMENT


‘प्रहरीलाई हेक्का रहोस्, दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ’ ओलीले भने ‘त्यही अनुसारको व्यवहार गर्नुहोला ।’


ADVERTISEMENT

# # #


आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने- ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं,’अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलो’

एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड सहित शनिबार ओली दमक पुगेका थिए ।

कार्यक्रममा उनले प्रंचण्डलाई मेरा ‘आदरणीय व्यक्तित्व’ भनेर सम्वोधन गरे । झापा आउनुभएकोमा प्रचण्डलाई स्वागत छ भन्दै ओलीले ५ गते चितवनमा प्रचण्डको सभामा सम्वोधन गर्न आफू जान लागेको बताए ।

‘अब कम्युनिष्ट एकता भयो, भयो’ कम्युनिष्टहरुको एकतामा अब कुनै शंका नगर्न ओलीले आग्रह गरे ‘अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्यो बन्यो । देश भ्रष्टाचारमुक्त भयो भयो ।’

एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै ‘नालायक’ को संज्ञा दिए ।