ओखलढुङगा। पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा पूर्वी पहाडी जिल्ला ओखलढुङगा र खोटाङमा काँग्रेसको पक्षमा व्यापक जनलहर देखिएको छ।


ADVERTISEMENT


देशमा कम्युनिष्ट गठवन्धन भएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु एकजुट भएर जनतामाझ गएपछि काँग्रेसको पक्षमा थप जनलहर देखिएको हो।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसका नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले शनिवार यि दुवै जिल्लाका चुनावी कार्यक्रममा सम्वोधन गरे।

ओखलढुङगाको चुनावी सभालाई सम्वोधन गर्दै नेता खाँणले कम्युनिष्ट गठवन्धन वनाएर देशमा साम्यवाद लाद्ने सपना नदेख्न कम्युनिष्टहरुलाई सचेत गराए।

लोकतन्त्रका लागि कैयन सपुतहरुले रगत वगाएको ओखलढुङगाले साम्यवादतर्फ देशलाई धकेल्ने कम्युनिष्ट गठवन्धनलाई मतदान मार्फत उपयुक्त जवाफ दिनुपर्ने बताए। उनले भने, ु मत मार्फत साम्यवादतर्फको यात्रालाई ओखलढुङगाका नागरिकले अस्विकार गर्छन यो मेरो विश्वास हो। लोकतन्त्रका लागि जीवन आहुती गरेका शहिदहरुप्रतिको सम्मानका लागि पनि कम्युनिष्ट गठवन्धनलाई परास्त गर्नुपर्छ । ु

देशको विभिदतालाई सम्मान गर्न नसक्ने एमाले नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका खाँणले खोक्रो राष्ट्रवादका नाममा विभिन्न भेग र समुदायका जनतालाई फुटाउने र विभाजन गर्ने एमाले प्रवृतीलाई यो चुनावबाट परास्त गर्नुपर्ने बताए।

काँग्रेस विरुद्ध अनेक टिकाटिप्पणी गर्दै आएका एमाले अध्यक्ष केपी ओलीप्रति पनि खाँण आक्रामक रुपमा प्रस्तुत भएका थिए। ओलीलाई सम्वोधन गर्दै खाँणले भने , ु बिदेशबाट ल्याएको शक्तिवर्दक औषधीको जोसमा ओलीजी धेरै नवर्वराउनुस, यो तपाइकै स्वास्थ्यको हितमा छैन

देशका विभिन्न भागमा काँग्रेसका नेताहरुमाथि श्रृङखलावद्ध बम आक्रामण भएका बारेमा पनि खाँणले बोलेका थिए।

बम आक्रमण नियोजित रुपमा भइरहेको र यसमा विप्लव समुहका नाममा वाम गठवन्धनका नाममा एक ठाउँमा आएका कम्युनिष्टहरुको हात भएको उनले दावी गरे।

विभिन्न निकायबाट प्राप्त सूचनाको हवाला दिदै नेता खाँणले भने चुनावमा कमजोर रहेको सूचनापछि खासगरि माओवादी विप्लव समुहको आवरणमा ठाउँठाउँमा बम आक्रमण गराउन लागिपरेको छ। उनले भने यस्ता कुरा माओवादी नेतृत्वले तत्काल रोक्नुपर्छ। चुनाव विरोधी गतिविधि नगर्न खाँणले चेतावनी पनि दिए।

सभामा नेपाली काँग्रेस ओखलढुङगाका प्रतिनिधि सभा उमेद्वार रामहरी खतिवडाले जिल्लाका मतदाताले लोकतन्त्र र विकास रोजेको उल्लेख गर्दै त्यसको सच्चा सहयात्री काँग्रेस वाहेक अरु  हुन नसक्ने बताए। जनताको अपार मायालाई सगाल्दै आफू सहित प्रदेश सभाका उमेद्वारहरु जीत नजिक रहेको उनले बताए। ओखलढुङगामा काँग्रेसबाट प्रदेश सभामा मित्रसेन दाहाल र प्रदिप सुनुवार उमेद्वार रहेका छन्।

सभामा एमाले अखिलका सचिव यौवन ताम्राकार र सचिवालय सदस्य राज श्रेष्ठ सहित २९ जना र माओवादीका इशंखुगढी गाउँपालिका ५ रातमाटेका उपाध्यक्ष धनन्जय बस्नेत सहितका माओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश गरे। उनीहरुलाई खतिवडा सुनुवार दाहाल सहितका नेताहरुले पार्टीमा स्वागत गरे्का थिए।

परिचालन समितिका संयोजक खाँणले खोटाङको ऐसेलुखर्कमा पनि चुनावी सभालाई सम्वोधन गरेका थिए। ओखलढुङगाबाट एक घाइते लिन खोटाङ गएका उनले केहि समयको उपयोग गर्दै ऐसेलुखर्कमा सम्वोधन गरेका थिए।

सभामा नेपाली काँग्रेस खोटाङका प्रतिनिधी सभा उमेद्वार सरस्वती वजिमय, प्रदेश सभाका उमेद्वारहरु सुवास कुमार पोखरेल र विष्णु कुमार राई तथा काँग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य दिनेश राई लगायतले पूर्वी पहाडले लोकतन्त्रको पक्षमा आफ्नो अभिमत प्रकट गर्ने बताए।