काठमाडौँ – बिहीबार बोलाइएको संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


संसद सचिवालयले सूचना जारी गदै विशेष कारणबस बैठक स्थगित गरिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


सचिवालयका अनुसार अब बैठक पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ । यसअघि पुस १८ मा बैठक तोकिएको थियो । तर त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो ।

राष्ट्रियसभाको बैठक भने पुष २५ गते आइतबार बोलाइएको छ ।