काठमाडौँ – एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबीएल समृद्धि फण्ड–१’ को म्याच्युरिटी समय पुस २२ अर्थात बिहीबार परिपक्व हुने भएको छ ।


ADVERTISEMENT


नेपाल इन्भेस्टमेन्ट बैँकको प्रर्वद्धन तथा एनआईबीएल एस क्यापिटलको व्यवस्थापनमा सुरु भएको फण्ड ७ वर्षपछि परिपक्व हुन लागेको हो ।


ADVERTISEMENT

# # #


योजनाको अन्तिम कारोबार पुस २२ गते (भोलि)सम्म मात्रै रहेको एनआईबीएल एस क्यापिटलले जनाएको छ । कारोबार रोकिएसँगै इकाइधनीहरुले आफ्नो लगानी फिर्ता पाउने छन् ।

‘बन्द समाप्ती कोष’ प्रकृतिको यो योजना वि.सं २०७१ पुस २३ गते प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बजारमा आएको थियो।

यो योजनाको हाल दोस्रो बजारमा प्रति इकाई १२.४४ रुपैयाँ रहेको छ । योजनाले इकाई धनीलाई प्रत्येक वर्ष आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ ।