काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय सदस्यको मनोनयनमा पार्टी सभापति शेरबहादुर देउवाले गरेको मनोनयनबारे असन्तुष्टिका स्वरहरु सुनिन सुरु भएका छन् । डा. शेखर कोइराला समूहले केन्द्रीय सदस्यहरुको मनोनयनको मापदण्डबारे प्रश्न उठाएको छ ।


ADVERTISEMENT


बुधबार आफू निकट काँग्रेस पदाधिकारी, केन्द्रीय सदस्य र नेताहरुको भेला गर्दै कोइराला समूहले मनोमानीका आधारमा सभापतिले पार्टी चलाउन खोजे दुर्घटना निम्तिने चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


‘पार्टीमा सभापतिले केन्द्रीय सदस्यमा केही साथीहरुलाई नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य हुनुहुन्छ ।’ १४ औँ महाधिवेशनमा देउवासँग सभापतिका लागि दोस्रो चरणमा पराजित भएका डा. कोइरालाले भने, ‘तर, के मापदण्ड बनाएर यो काम गर्नु भएको हो ? हामी जान्न चाहन्छौँ ।’

पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताउँदै उनले त्यसो नभए कार्यकर्ताबीच किन नेपाली काँग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने बताए । कोइरालाले अघि थपे, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ भन्ने कुरा तपाईहरुको माझमा राख्न चाहन्छु ।’

नेता कोइरालाले विधि र विभानबाट बाहिर गएर गरिने सम्पूर्ण काम बन्द गर्न समेत सभापति देउवालाई आग्रह गरे । उनले पार्टीमा पस्तान्तरण केही हदसम्म भएको र अब रुपान्तरणको कामलाई अघि बढाउन सुरु गर्नुपर्ने बताए ।