काठमाडौं: मिस वर्ल्‍ड २०१७ को ताज मिस इन्डिया मानुषी चिलरले जितेकी छन्।चीनमा भएको उक्त प्रतियोगीतामा एक सय आठ जनालाई पछि पार्दै मानुषीले मिस वल्डको उपाधि जितेकी हुन्।


ADVERTISEMENT


भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्।१७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा युक्ता मुखी र सन् २००0 मा प्रियंका चोपडाले मिस वर्ल्‍डको ताज जितेकी थिइन् ।


ADVERTISEMENT

# # #


यस्तै मिस वर्ल्‍ड मेक्सिको एन्ड्रिया माजा, सेकेन्ड रनर अप मिस इंगल्याण्ड स्टेफनी हिल घोषित भइन् भने भारत मेक्सिको, इग्‍याण्डबाहेक फ्रान्स र केन्या मिस वर्ल्डको उत्कृष्ट ५ मा पुगेका थिए।

यस्तै मिस ब्युटी विथ प्रपोजको उपाधि भने भियतनाम, भारत, इन्डानेसिया, दक्षिण अफ्रिका र फिलिपिन्सले संयुक्त रुपमा जितेका थिए।