धनगढी(कैलाली), २ मंसिर । नेपाली काग्रेस नेतृ तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार डाक्टर आरजु राणा देउवाले राष्ट्रलाई समृद्धितर्फ डो¥याउन आसन्न निर्वाचनमा कांग्रेसले  जित्नै पर्ने दावी गर्नुभएको छ ।


ADVERTISEMENT


 

‘नेपाली कांग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ डा.देउवाले भन्नुभयो ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर कांग्रेसले हार्नु हुदैन ।’


ADVERTISEMENT

# # #


 

उहाँले सामाजिक विकासको लागि महत्वपूर्ण पक्ष मानिएको शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहुच छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्’ उहाँले ‘शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको’ बताउनुभयो ।

 

उहाँले अहिलेको निर्वाचन लोकतान्त्रिक र अधिनायकवादबीचको चयनको रुपमा आएकोले  ‘कस्तो विचार, सिद्धान्त भएका व्यक्तिलाई विजयी गराउने ? सोच्ने समय आएको छ भन्नुभयो ।

 

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति नरनारायण शाह (मनु) ले शिक्षकहरूलाई आचारसंहिता विपरित कुनै काम नगरी आधुनिक प्रविधिको प्रयोग गरेर नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो।

 

उहाँले गाउ–समाजमा शिक्षकको प्रभाव राम्रो भएकाले लोकतान्त्रिक शक्तिलाई विजयी गराएर सम्पूर्ण नेपालीले प्राप्त गरेको मौलिक अधिकार र ७० बर्षको संघर्षले ल्याएको संविधानको रक्षा गर्न पनि  आग्रह गर्नुभयो ।

 

कार्यक्रममा शिक्षक संघका अध्यक्ष गणेशप्रसाद ओझा, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश (क) का उम्मेदवार जीवन राना, (ख) का उम्मेदवार डिल्लीराज पन्त, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, समानुपातिक उम्मेदवार दिव्यश्वरी शाही, गौरी लामा, नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष पुष्प शाही लगायतले नेपाली कांग्रेसलाई विजयी गराउन सबैले अथक परिश्रम गर्न पर्ने आवश्यकता औल्याउनु भएको थियो ।

 

महिला अधिकारप्रति कांग्रेस सधैं उदार

 

चुनावी प्रचारप्रसारका क्रममा शनिबार कैलालीको क्षेत्र नम्बर ५, धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ को भगवतीटोलमा भएको चुनावी सभामा डाक्टर आरजुले आमाको नामबाट नागरिकता, पैतृक सम्पत्तिमा महिलाको अधिकार लगायत महिला अधिकारको संवैधानिक सुनिश्चितताका लागि कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेको बताउनुभयो ।

 

उहाँले पछिल्लो २० वर्षको अवधिमा सुदूरपश्चिमको आर्थिक र सामाजिक अवस्थामा उल्लेख्य सुधार भएपनि अझै काम गर्न बाँकी भएको र ति कामहरुलाई समाधान गर्न सक्ने महशुस गरी पार्टी आफूलाई जिम्मेवारी सुम्पेको पनि बताउनुभयो ।

 

उहाँले आर्थिक समृद्धि र विकास नै कांग्रेसको अवको मुख्य एजेण्डा बनेको बताउनुभयो । उहाँले सुदूर पश्चिमको केन्द्रको रुपमा रहेका धनगढीमा सघन सहरी विकास कार्यक्रमसहित धेरै ठूला विकास आयोजना शुरु भइसकेको बताउनुभयो । ‘कैलालीमा छिट्टै पोलिटेक्निक इन्स्टिच्युटको स्थापना हुदैछ’ उहाँले भन्नुभयो ।

 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडी, बसपार्क, वडा नम्बर २ को चर्च लगायतका स्थानमा भएका चुनावी सभामा डाक्टर आरजुले यो चुनावलाई लोकतन्त्र पक्षधर र विरोधीबीचको जनमत संग्रहको रुपमा व्याख्या गर्नुभयो ।