काठमाडौं – बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक आज बिहान बसेको हो ।


ADVERTISEMENT


उक्त समितिको संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल छन् । संयोजक पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायतका गठबन्धनबाट समितिमा रहेका नेताहरू बैठकमा सहभागी छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न उक्त समितिको बैठक बसेको स्रोतले जानकारी दियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक सुचारू गराउनुपर्ने जस्ता विषय पनि छलफलमा उठेका छन् ।

संयोजक पौडेलले बुधबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । संसद अवरोध नगर्न पौडेलले अध्यक्ष ओलीसँग माग गरेका थिए ।