काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले केही सञ्चारमाध्यममा विभिन्न सङ्घसंस्थामा आफ्नो संलग्नता रहेको भनेर आएको समाचारको खण्डन गरेकी छन् ।


ADVERTISEMENT


नारायणहिटीमा रेस्टुरेन्ट खोल्न लागेको बतास अर्गनाइजेसनमा प्रधानमन्त्री पत्नी राणाको समेत संलग्नता रहेको भनेर आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेकी हुन् । आज एक विज्ञप्तिमार्फत ती समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको स्पष्ट गरेकी छन् । राणाले आफू संलग्न रहेका केही संस्थाको नाम दिएर ती बाहेककामा आफ्नो कतै संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।


ADVERTISEMENT

# # #


उनले विज्ञप्तीमा भनेकी छन्, “सञ्चारमाध्यममा विभिन्न सङ्घसंस्थामा मेरो संग्लनता भएको भनेर समाचार आएकामा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाबाहेक अरु कुनै पनि संस्थामा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।”

उनले आफ्नो संलग्नता रहेको भनेर दिएका ती संस्थामा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक), साथी नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नामी, उल्लेन्स स्कुल र ब्लड डोनर्स् एसोसिएसन अफ नेपाल रहेका छन् ।