डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो अग्रतालाई ६ अंकमा पुर्‍याएको छ ।


ADVERTISEMENT


शनिबार अग्सबर्गलाई ३-० ले पराजित गर्नु र नजिकका टोलीले अंक गुमाउनु बायर्नका लागि फाइदाजनक रह्यो ।


ADVERTISEMENT

# # #


बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा आर्टुरो भिडालले १ गोल गरे । अर्को खेलमा बायर लेभरकुजन र आरबी लाइप्जीगको खेल २-२ को बराबरीमा सकिएपछि बायर्नले दुरी बढायो ।

लाइप्जीगको १२ खेलमा २३ अंक छ भने बायर्नले २९ अंक जोडेको छ । डर्टमुन्डको १२ खेलमा २० अंक मात्र छ ।