काठमाडौं  – नेकपा एमालेका नेता भीम आचार्य पार्टीमा एक बहुआयामिक व्यक्तित्वका रुपमा परिचित भए पनि सचिव पदबाट केन्द्रीय सदस्य पदमा झरेपछि उनको शक्ति कमजोर देखिन थालेको छ ।


ADVERTISEMENT


कार्यकर्तासँग संगत गर्न रुचाउने  एमालेका नेताको छवी बनाएका आचार्य   सुनसरी अधिवेशनमा गएनन् । आचार्य पार्टीका हरेक कार्यक्रममा जिल्लामा सहभागी हुने गरेको देखिएको पनि थियो  । तर  एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुम्चिएका आचार्य शुक्रबार सुरु भएको जिल्लाको अधिवेशनमा सहभागी भएनन् ।


ADVERTISEMENT

# # #


तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरीमात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो। तर, आफ्नो शक्ति कमजोर बन्दै गएपछि आचार्य पार्टीको कार्यक्रममा देखिन छोडेका छन्।

 इनरुवा नगरपालिकामा घर भएका उनी इनरुवाकै जेल मैदानमा शुक्रबारबाट सुरु भएको सातौँ अधिवेशनको उद्घाटन सत्रमा देखा नै परेनन्।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि हुने गरी तय गरिएको थियो । अध्यक्ष केपी ओलीले ६१ वटै जिल्लाका अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम ,अमृता सुब्बा, मञ्जु भण्डारी, इन्दु गौतमलगायत नेताहरूको सहभागिता थियो ।

घरमै बसेका आचार्य किन आएनन् भन्ने प्रश्न आमनेता तथा कार्यकर्तामा थियो । त्यसो त कार्यकर्तामाझ खुलेर नबोल्ने स्वभावका उनी घरमै बसेर आफ्नो शक्ति देखाउन लागिपरेका छन् । उनी जसरी भए पनि रेवतीरमण भण्डारीलाई अध्यक्षमा रोकेर सहमतिका नाममा खेमराज पोखरेललाई सर्वसम्मत गरेर गृह जिल्लामा शक्ति देखाउन लागेका हुन्।