काठमाडौँ– नेपालमा पछिल्लो समय पुनः कोभिड–१९ का केशहरु उकालो लाग्न थालेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार १६७ जनामा संक्रमण पुष्टि छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर गरिएको कुल ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रममा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । जबकी शनिवार देशभर कुल नौ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


ADVERTISEMENT

# # #


योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् । त्यस्तै थप २ सय २४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

भाइरसमा भएको उत्परिवर्तनका कारण अन्यको तुलनामा ओमिक्रोन भेरियन्ट थप संक्रामक रहेको बताउँदै डा. मिश्राले नयाँ भेरियन्ट विश्वभर फैलिरहेको र यसको जोखिम नेपालमा पनि उत्तिकै रहेको बताइन् । संक्रमणलाई तीव्र रुपमा फैलिन नदिनाका लागि सम्पूर्णलाई जनस्वास्थ्य मापदण्डहरु कडा रुपमा अनुशरण गर्न डा. मिश्राले आग्रह समेत गरेकी छन् ।