काठमाडौँ–महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँका प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई (एसएसपी)ले आफ्नो १ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


गतवर्षको २६ पौषबाट आफ्नो जिम्मेवार सम्हालेका एसएसपी भट्टराईले आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्य प्रगति विवरणअन्तर्गत जनशक्ति व्यवस्थापन एवम् परिचालनदेखि प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका कार्यहरु समेत ओगटेका छन् ।

एसएसपी भट्टराईकै सहकार्यमा सवारी व्यबस्थापनका लागी गरिएका कार्यअन्तर्गत नयाँ ट्राफिक प्रहरी पोष्टको स्थापना ( नेपालटार, बुद्दनगर, दोभानपुल, नरेफाँट, थली र गोकर्ण), पुर्वतर्फका लामो दुरीका माइक्रो बस, सुमो र मध्यम दुरीका बस समेतलाई जडीबुटी करिडोरबाट संचालन (समन्वय एव निर्णय भएको) र कोटेश्वरमा लेन बिस्तारको कामलाई तीब्रताका साथ गर्न प्रभावकारी समन्वय एव सहकार्य गरिएको थियो ।

यस्तै, कोरिडोर म्यानेजमेन्ट टिम(सीएमटी) परिचालन अन्तर्गत महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई संचालनमा रहेका उपत्यकाको मुख्य कोरिडोरहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शिघ्र ट्राफिक परिचालन तथा अब्यबस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड १७ वटा टोली गठन गरि परिचालन गरिएको थियो ।

उनका थप प्रगति विवरण यस प्रकार रहेको छ :