काठमाडौँ – भारतले लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी राखेको भन्दै विप्लव नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराखण्डस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा, ‘मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको’ भनेर दिएको सार्वजनिक अभिव्यक्ति र भारतीय हस्तक्षेपविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । उनीहरुले भारतीय हस्तक्षेपको विरोध गर्दै नाराबाजी गरेका थिए ।