काठमाडौं – उत्तर कोरियाले फेरि हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको छ । नेता किम जोङ–उनको उपस्थितिमा मंगलबार हाइपरसोनिक मिसाइल परीक्षण गरिएको उत्तर कोरियाले बताएको हो ।


ADVERTISEMENT


उत्तर कोरियाको समाचार संस्था केसिएनएका अनुसार मंगलबार प्रक्षेपण गरिएको मिसाइलले निशानामा प्रहार गरेको जनाएको छ । मिसाइलले एक हजार किलोमिटरको यात्रा तय गरेको केसिएनएले जनाएको हो ।


ADVERTISEMENT

# # #


उत्तर कोरियाले तेस्रोपटक हाइपरसोनिक मिसाइलको परीक्षण गरेको हो । पछिल्लो दुईवटा परीक्षण एक हप्ता भित्रै भएका हुन् । दक्षिण कोरिया र जापानले मंगलबार उत्तर कोरियाबाट मिसाइल प्रहार भएको बताएका थिए । उनीहरुले ब्यालेस्टिक मिसाइल हुन सक्ने बताएकोमा उत्तर कोरियाले सो मिसाइल हाइपरसोनिक रहेको उल्लेख गरेको हो ।

मंगलबार परीक्षण गरिएको हाइपरसोनिक मिसाइलमा ‘सुपेरिअर म्यानुभरएबिलिटी’ रहेको उल्लेख गरिएको छ । हप्ता दिनअघि उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको बताएको थियो । त्यसपछि अमेरिका, दक्षिण कोरिया, जापानसहितका देशले वक्तव्य जारी गरेर अस्थिरता उत्पन्न हुने खालका गतिविधि नगर्न उत्तर कोरियासँग आग्रह गरेका थिए । एजेन्सी