धनगढी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको गाडी कैलालीको गेटामा मंगलबार बेलुका दुर्घटनामा परेको हो ।


ADVERTISEMENT


महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमका लागि धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो । मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए ।


ADVERTISEMENT

# # #


धनगढी विमानस्थलबाट मेनरोड क्रस गर्दै गरेको अवस्थामा मन्त्री आले चढेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो । सडकमा हिँडिरहेको गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् । ठक्कर दिने गाडीमा सवार सबै सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।