काठमाडौं – दिनप्रतिदिन बढिरहेको कोभिड संक्रमणले उपत्यकामा जोखिम बढिरहेको जनाउँछ । अहिले पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा अझ संक्रमण बढ्दै जाने देखिएको छ । मास्क नलगाएका, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपोसार गरिएका र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।


ADVERTISEMENT


उपत्यकामा मात्र मंगलबार एक हजार २ सय ८६ कोभिड-१९ संक्रमित थपिए । काठमाडौँमा मात्र सक्रिय संक्रमित तीन हजार ५२१, भक्तपुरमा ६ सय ९९ र ललितपुरमा १ हजार ९० सक्रिय संक्रमित छन् । कुल सक्रिय संक्रमित ५ हजार ३ सय १० जना छन् । हालसम्म उपत्यकामा तीन लाख ४२ हजार २ सय ५७ जना संक्रमण छन् । काठमाडौँमा २ लाख ५९ हजार ४४२, भक्तपुरमा ३० हजार ७१० र ललितपुरमा ५२ हजार १०५ संक्रमित छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी तीन हजार ३८९ जना संक्रमितको मृत्यु भइसकेको छ । काठमाडौँमा २ हजार २४२, भक्तपुरमा ४ सय ३८ र ललितपुरमा ७ सय ९ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म तीन लाख ३५ हजार ३५७ जना संक्रमणमुक्त भइसकेका छन् । काठमाडौँमा २ लाख ५३ हजार ६७९, भक्तपुरमा २९ हजार ५७३ र ललितपुरमा ५२ हजार १०५ जना संक्रमणमुक्त भइसकेका छन् ।