काठमाडौं – देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


ADVERTISEMENT


पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण बदली भएको हो । अहिले प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी स्थानमा आंशिक बदली रहेको मौसमविद्ले बताएका छन् ।


ADVERTISEMENT

# # #


बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिए।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।