काठमाडौँ– नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले अँग्रेजी नयाँ वर्ष– २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी ‘इन्फिनिटि पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


वार्षिक रुपमा जम्मा २०२२ मात्रै शुल्क तिरे पुग्ने यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले नन–डिस्कीन्सरी प्रकृतिको सोे लगानी व्यवस्थापन सेवा लिए बापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्न नपर्ने बैंकको भनाई छ ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार, यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो विश्लेषक तथा गहन विश्लेषण, अनुसन्धान को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ । व्यवस्थापन गरे बापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै बेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

साथै अंग्रेजी जनवरी महिनाको लागि लाई मात्रै तोकिएको सो अफर अवधिभर यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन (स्टक भ्यालुएसन) गराई प्रवेश गर्न सक्नेछन् ।