काठमाडौँ – काठमाडौँमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगका दर्शकले खेल हेर्नका लागि रंगशाला प्रवेश गर्न अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरेको हो । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै गृहमन्त्रालयले गरेको निर्णय अनुसार नै कमिटीले खोल पगाएका दर्शकलाई मात्रै रंगशाला प्रवेशको अनुमति दिने जनाएको छ ।


ADVERTISEMENT

# # #


रंगशाला प्रवेश गर्नुअघि प्रत्येक दर्शकको तापक्रम समेत मापन गरिने भएको छ । आजदेखि ‘ए’ डिभिजन लिगको १९औँ राउन्डको खेल सुरु हुँदैछन् । आज पहिलो खेलमा सशस्त्र प्रहरी बल र हिमालयन शेर्पा क्लब भिड्दैछन् ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो युथ क्लब आमुन्नेसामुन्ने हुँदैछन् ।