काठमाडौं – वैदेशिक रोजगार विभागले आजदेखि श्रम स्वीकृति पुनः अनलाइनबाट दिने व्यवस्था गरेको छ । गएको वर्ष अनलाइनसँगै भौतिक उपस्थितिमा काम भइरहे पनि आजबाट अनलाइन सिस्टमबाट मात्रै श्रम स्वीकृति हुने भएको हो ।


ADVERTISEMENT


श्रम स्वीकृतिका लागि विभागको वेबसाइटमा गएर फारम भर्नुपर्ने हुन्छ । विभागकाअनुसार वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


पुनः श्रम स्वीकृतिका लागि भने म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम भुक्तानी गनुपर्ने कार्यालयले जनाएको छ । सो रकमसमेत अनलाइन भुक्तानी गर्नुपर्ने हुन्छ । जसका लागि सम्बन्धित मेनपावर कम्पनी आए मात्रै पनि काम हुन्छ । रासस