काठमाडौं – नेपाल र भारत दुई देशबीचस्थित लामो खुला सिमाना तथा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भए पनि पछिल्लो समय दुवै देशकाबीच सीमा विवाद देखिँदै आएका समाचारहरुप्रति भारतीय दुताबासले चासो देखाएको छ ।


ADVERTISEMENT


नेपाल भारत सीमा विवादका सम्बन्धमा भारतीय दुतावासले वार्ता र सम्वादबाट समस्या सुल्झाउनुपर्ने धारणा सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

# # #


दुवै देशका सरकारी संयन्त्रहरुले सम्वादका माध्यमबाट समस्या हल गर्न सक्ने दुतावासको धारणा छ । द्विपक्षीय वार्ता र सम्वादले नै विवाद समाधान भएर जाने दुतावासले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

दुवै देशले एक अर्काको देशमा पछिल्लो केही समययता परिवर्तित परिस्थितिको समीक्षा गर्नुपर्ने पनि दुतावासको तर्क रहेको छ ।