सुनसरी – भारतसँग खुल्ला सिमाना भएकोले केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दरमा वृद्धि भएको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्लामा संक्रमण दर उच्च भएकोले सो जिल्ला रेड जोनमा परेको हो ।


ADVERTISEMENT


प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै हाल मोरङ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ भने झापामा २ सय भन्दा बढी छन् भने सुनसरीमा कुल संक्रमित संख्या ५२७ जना पुगेको छ ।

त्यसमा पनि प्रदेशको राजधानी विराटनगरमा मात्र यो एक सातामा ५९३ जना सक्रिय संक्रमित थपिएका छन् ।