काठमाडौं – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।


ADVERTISEMENT


महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ । राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


ADVERTISEMENT

# # #


बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।